ढुङा, गिट्टी, वालुवा, रोडाको विक्री तथा कर उठाउने ठेक्का वन्दोवस्त सम्वन्धी वोलपत्र आह्वानको सूचना कास्की जिल्लाको ३२ गा.वि.स. तथा २ न.पा. को तेश्रो चरणसम्म प्राप्त ६०२६ लाभग्राहीको नामावली कास्की जिल्लाका निर्वाचित पोखरा लेखनाथ महानगरपालिका र ४ गाउँपालिकाका पदाधिकारीहरुको सम्पर्क नम्वर गणतन्त्र दिवस मनाउने सम्वन्धमा कास्की जिल्लाको गाउँपालिकाहरुको सम्पर्क नं. महत्वपूर्ण जिज्ञासाहरु-वारम्वार सोधिने प्रश्नहरु (FAQ) कास्की जिल्लाको स्थानीय तह पुनर्संरचना सम्बन्धी प्रस्तावित प्रतिवेदन गै.स.स. संस्था परिचालन सम्वन्धमा ०७३-७४ मा परिषदवाट पारित कर, शुल्क तथा जरिवाना सार्वजनिक सुनुवाई सम्वन्धमा

संक्षिप्त परिचय

नेपाल ७५ जिल्ला मध्येको एक जिल्ला कास्की आफ्नै किसिमको सांस्कृतिक भौगोलिक पर्यटकीय एवं पर्वावरणीय दृष्टिले पनि बैशिष्टता कायम गर्न सफल तथा सक्षम जिल्ला हो । अन्नपुर्ण तथा माछापुच्छ्रे जस्ता हिम श्रृंखलाहरु फेवा, रुपा, वेगनास जस्ता तालहरु, डेविडफल -पातले छाँगो) महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, सेती गण्डकी जस्ता प्राकृतिक निधिले युक्त पोखरा उपत्यका वास्तवमा कास्की जिल्लाको महत्वपर्ण निधि तथा गहना हो । यसरी तालैताल गुफैगुफा तथा मनोरम हिम श्रृंखलाले युक्त उपत्यकाले सुशोभित बन्ने अवसर प्राप्त यो कास्की जिल्ला विविध जात-जाति, भाषा-भाषी, वेषभुषा तथा समग्रमा विविधता र रोचक संस्कार संस्कृतिले पनि त्यत्तिनै विशेषतायुक्त छ । यस जिल्लाका विभिन्न स्थानहरुमा अवस्थित एवं विशेषगरी उपत्यकाभित्र अवस्थित विविध मठमन्दिर गुम्बा, विहार स्तूप आदि पनि कास्की जिल्लाको थप आकर्षण  एवं महत्वपुर्ण निधि मानिन्छन् । यिनै विशेष विशेषता एवं आफ्नै किसिमको पहिचानयुक्त प्राकृतिक तथा साँस्कृतिक निधिहरु र शुद्घ पर्यावरणीय वातावरणको कारण कास्की जिल्ला विश्वकै पर्यटकका लागि एक महत्वपुर्ण आकर्षाको केन्द्र बन्न पुगेको छ । यसैको प्रतिफल स्वरुप राजधानी पछि पर्यटकीय दृष्टिले दोस्रो स्थान ओगट्न सफल भएको छ यो जिल्ला र यो जिल्ला भित्रको सुन्दर नगरी पोखरा उपत्यका ।

विद्घानहरु इतिहासलाई मानव उपलब्धिको रेकर्ड मान्दछन् । यदि मानब उपलब्धिको आँकडा (Record) लाई इतिहास मान्ने हो भने नेपालको इतिहास रामापिथेकस, जसलाई मानवकै निकट पुर्वज मानिन्छ, । नेपालमा सन् १९८१ मा बुटवलको तिनाउँ नदीको किनारमा रामापिथेकसको अवशेष प्राप्त भएको छ । अमेरीकी र नेपाली पुरातात्वविदहरुको संयुक्त टोलीले डा. जे.एच हटचिसनको नेतृप्वमा गरिएको अन्वेषणको फलस्वरुप प्राप्त उक्त अवशेष १.१ करोड वर्षपुरानो ठहराएको छ । यसले नेपाललाई पनि विश्व मानचित्रमा प्रागैतिहासिक मानव स्थलको रुपमा स्थापित गरायो । वास्तवमा नेपालको प्रागैतिहासिक कालको टुङ्गो लगाउन जति अन्वेषण उत्खनन हुनु पर्ने हो सो हुन सकेको छैन । यसका वावजुद पनि केही प्रयासहरु भने नभएका होइनन् । जसको फलस्वरुप चुरेपर्वत श्रृंखलामा पुर्व पाषाणकाल (२५-२६) लाख पुरानो देखि नवपाषण काल (ई.पू. ८००० वर्षपुरानो) सम्मका आदि मानवको बसोबास भएको धारणा अघि सारिएको पाईन्छ । उत्खनन् तथा अन्वेषणकै क्रममा सन् १९८५ मा मुस्ताङ क्षेत्रको टुकुचे नजिक चोखोपानी नामक स्थानमा अवस्थित गुफाहरुको उत्खनन गर्दा प्राप्त मानव कालका अवशेष, माटाका भाँडा कुँडाहरु, छातीमा लगाउने तामाको ढाल, कवच, तामाका गरगहनाहरु, मुगाका माला, प्रस्तरका भाला, काठका चम्चा आदि अवशेषहरुको आधारमा उक्त स्थल नवपाषण काल तथा आद्य ऐतिहासिक कालको (Proto Historic) संस्कृति विकास भएको अनुमान गरियो । मुस्ताङ क्षेत्रका प्राचिन गुफाहरुमा जर्मनीका पुरातत्व विदहरुद्घारा गरिएको प्रारम्भीक उत्खनन् कार्यले उक्त क्षेत्रको इतिहास ई.पूर्व  ६००० वर्षसम्म पुग्न सक्ने अनुमान गरिंदैछ । नेपालमा सन् १९६० को दशकमा अन्वेषण तथा उत्खनन्का अन्य कार्यहरु पनि भएका छन् । तर पनि हालसम्म प्राप्त भएका मानव अवशेष तथा ढुङ्गे हतियारहरुका आधारमा मात्र नेपालको प्रागैतिहासको समग्र विवेचना तथा विश्लेषण सम्भव छैन । यसो भएतापनि हालसम्म भएका अन्वेषण कार्यहरुले हाम्रो प्रागैतिहासको चिन्तन तथा मननमा ठूलो बल भने अवश्यनै पुर्‍याएको छ ।

यथार्थतालाई मनन गर्दा नेपालको स्पष्ट ऐतिहासिक काल लिच्छविकालदेखि शुरु हुन्छ । किनकि लिच्छवि शासक मानदेव प्रथम ( सन् ४६४-५०५) को समयदेखि मात्र इतिहासका मूलधारहरु जस्तो शिलालेख, मुद्रा आदि प्रचलनमा ल्याईयो । यिनै आधारहरुको अभावले लिच्छिविहरु भन्दा पहिला शासन ब्यवस्था स्थापना गरी राज्य सञ्चालन गर्ने पहिलो श्रेय पाउने गोपाल तथा त्यसपछिका महिषपाल एवं किंरातीहरुको इतिहास स्पष्ट हुन सकेको छैन ।

लिच्छवि शासक मानदेव प्रथमको समयदेखि मात्र नेपालको स्पष्ट ऐतिहासिक कालको शुरुवात भएको भएतापनि माथि उल्लेखित आधारहरुले हाम्र इतिहासलाई प्रागैतिहासिक कालतिर पनि पुर्‍याएको छ । यस सर्न्दर्भमा कास्की जिल्लाको ऐतिहासिक परिचयको कुरा गर्दा खासगरी मानब वसोबासको थलोकोरुपमा प्रागैतिहासिक काल (Pre-historic Period) सम्म पुग्न सक्ने आधार बुटवलको तिनाउ नदीको किनारमा प्राप्त रामापिथेकस बनेको छ । यस अवधि (Period) मा पोखरा उपत्यकाको उच्च पहाडी भेकमा मानब बसोबासको अनुमान गरिन्छ । यो भन्दा बढी अरु बोल्न सक्ने आधार भने हामीसंग छैन ।

नेपालको तिहासमा लिच्छविकाल शाको पहिलो शताब्दीदेखि सन् ८७९ सम्मलाई प्राचीनकाल मानिन्छ । यो अवधि (Period) पनि प्राचिनकाल भित्रै पर्दछ । यस अवधिमा कास्की लिच्छवि ( केन्द्रिय) शासककै अधिनमा रहेको पाईन्छ । यसको पुष्टिको लागि समुन्द्र गुप्तको प्रयोगको अभिलेख स्तम्भ, प्रसिद्घ चिनियाँ यात्री हयेन साङको यात्रा बृतान्त तथा नेपाली विद्घान इतिहासकार द्घय धनवज्र वज्राचार्य तथा ज्ञानमणि नेपालको सप्रमाण प्रस्तुत अभिमतलाई लिन सकिन्छ । जसमा स्पष्ट उल्लेख गरिएको छ कि लिच्छवि शासनकालमा नेपालको सिमाना बर्तमान नेपालकै जति थियो ।

लिच्छविकालपछि नेपालको इतिहासमा मल्ल काल शुरु हुन्छ । यो अवधि सन् ८७९-१७६९ सम्मलाई मानिन्छ । मल्लकालको पूवार्द्धसम्म नेपाल राज्य टुक्रिएको थिएन । तर पछि गण्डकी र कोशी प्रश्रवण क्षेत्रभन्दा टाढाका प्रदेशमा केन्द्रका शासकहरुको आफ्नो नियन्त्रणमा राख्न सकेनन् जसको फलस्वरुप क्रमशः ती टाढाका प्रदेशमा केन्द्रको अधिकार छुट्न गयो । यसै बीच कर्णाली प्रदेशमा खसहरुको प्रभाव फैलिन थाल्यो र विक्रमको बार्‍हौं शताब्दीको शुरुतिर स्वतन्त्र खस राज्य अस्तित्वमा आयो । यस हिसाबले कास्की केन्द्रकै अधिनमा रहेको बुझिन्छ । विक्रमको बार्‍हौ शताब्दी देखि चौधौ शताब्दीको बीचमा पश्चिममा खसिया मल्लहरुको शक्ति मजबुत भएको र तिनीहरुको राज्य कास्की त्यस बेला खसिया मल्ल  राजाहरुको अधिनमा रहेको प्रमाणित हुन्छ । तत्पश्चात पश्चिममा खसिया मल्ल राजाहरुको शक्ति क्षीण भएको तथा काठमाण्डौं उपत्यकाका मल्ल राजाहरुको शक्ति मजबुद हुँदै गएको देखिन्छ । यक्ष मल्ल (१४२८-८ .सं.) ले आफ्नो राज्य पश्चिममा पाल्पा सम्म विस्तार गरेकोले केही काल कास्की काठमाण्डौं उपत्यकाको मल्ल शासकहरुको अधिनमा रहन गयो ।

कास्कीमा गुरुङहरुले शासन पनि भएको उल्लेख पाईन्छ । यस सर्न्दर्भमा जगमान गुरुङ लेख्दछन् “गुरुङहरुले घलेलाई राज्यको काम कार्वाही सुम्पेका थिए । अन्नपर् हिमालको फेदी दूध पोखरीदेखि तल, मादी गंगाको शिरदेखि पूर्वपट्टि कहोल भन्ने स्थानमा गुरुङहरुको ठूलो बस्ती थियो । घले राजाले कहोलदेखि प्वपट्टि म्रुधिच्हो, भन्ने अग्लो डाँडाको टप्पुमा गढी बनाई बसेका थिए । काली गण्डकीको किनार थनथाप, बलेवा, सेती गण्डकीको किनार कास्की, मादी गंगाको किनार अघौं देउमाडी र मर्स्याङदीको किनार लमजुङ पुरानो कोट र पोजोमा घले राजाका थपौली राजाहरु रहन्थे । घले शासकहरुमध्ये कहोलका वास्तविक सत्ताधारी राजा दोवकहृयाल निसन्तान भई मर्दा राजा भएका स्वेच्छाचारी राजा रितु घलेको अन्याय र अत्याचारबाट प्रजादुनियाहरु चिढिएका थिए । त्यसै बेला प. ४ नं. स्याङजा नुवाकोटे जगति खानले कास्की र देउमाडीका घले राजालाई मारी साही राजा रजाया ।”

गुरुङहरुको राज्यको सर्न्दर्भमा राजाराम सुवेदीको अभिमत यस्तो रहेको छ “घलेहरु राजपरिवार भएको बर्णनभएपनि ती राजाहरुको बंशावली प्राप्त भएको छैन । छोटकरीमा खस मल्लहरुको पतन पछि कास्कीमा बहुसंख्यक बसोबास गुरुङ जातिकै हुनाले उनीहरुको आफ्नो नाईकेलाई मान्ने र पछि त्यसैलाई राजा भनिन थालियो । हामीले उनिहरुलाई राजा भएका प्रमाणहरु नपाएकाले केबल लोक इतिहास र पुराना टिपोटलाई आधार मान्नु पर्दछ ।” कास्कीको इतिहास राजपुतहरुको प्रवेशपछि मात्र थोरै भएपनि स्पष्ट छ भन्नु पर्ने स्थिति छ । यस सर्न्दर्भमा इतिहास शिरोमणि बाबुराम आचार्यले “सतहुँ देखि उत्तर मादीपार गुरुङका बस्ती शुरु भएका र काली पश्चिममा स्थापना भएका पर्वत ठकुर्राईका राजा डिम्ब वमले दखल गरिसकेका हुनाले मिचाखानका अर्को छोरा विचित्र खानले गुरुङको आवादी भएका कास्की प्रदेशमा प्रवेश गरेर दरिलो ठकुर्राई स्थापना गरेको” उल्लेख गर्दछन् ।

यसै सर्न्दर्भमा मोहनबहादुर मल्लले गुरुङहरुको हातबाट वि.सं. १५७० तिर मिचा खानका कान्छा छोरा विचित्र खानले कास्कीलाई विजय गरेको उल्लेख गर्दछन् । तर वि.सं. १५२४ को कुलमण्डल जगतिखानद्घारा जारी गरिएको ताम्रपत्र प्राप्त भएकोले मोहनबहादुर मल्लको तर्फवि.सं. १५७० तिर भन्ने गलत सावित हुन्छ तर यो ताम्रपत्रले पनि कुलमण्डल जगति खानको राज्यारोहण तथा अन्तिम समय बताउन सक्तैन । यो ताम्रपत्रले कुलमण्डन तथा जगति खान एउटै ब्यक्तिका द भिन्न नाम भएको स्पष्ट हुन्छ ।

कास्कीका शाहवंशीय संस्थापक राजाको नामको सर्न्दर्भमा जगमान गुरुङले विचित्र खान, जगतिखान र कुलमण्डन शाह एउटै ब्यक्तिका भिन्न नाम भएको उल्लेख गरेका छन् । बाबुराम आचार्य, मोहनबहादुर मल्ल, योगी नरहरिनाथ आदिलाई र्समर्थन गदै राजाराम सुवेदीले कास्कीका शाहबंशीय संस्थापक राजा विचित्र खान भएको उल्लेख गदै उनलाई पर्वतका तत्कालीक राजा डिम्बवम मल्लको समकालिन बताउँछन् । डिम्बवबममल्लको शासन काल वि.स. १५४३ देखि १५६८ सम्म रहेको अनुमान गरिएको छ । कास्की ठकुर्राईका शासकहरुमा र्सवप्रथम विचित्रखान र त्यस पछि नरराज खान, जगतिखान, जलालसाही, राजसाही, नारायण साही, नराज साही, शिउसाही, जिल्ल साही, प्रताप साही, सिद्घनरायण साही र नर नारायण साहीले क्रमशः शासन चलाएको उल्लेख पाईन्छ ।

इतिहास प्रकाश अङ्कमा प्रकाशित आठ टिका शाह वंशावलीमा पनि सिद्घनरायण शाह पछि नर नारायण शाही र जिमी नारायण साही उल्लेख भएता पनि नरनारायण र जिमी नारायण साही कास्कीका राजा नभई अन्तिम कस्केली राजा सिद्घनरायण शाहका छोराहरु हुनु पर्दछ ।

जहाँसम्म कास्की शाहवंशीय राजाको हात पर्नु भन्दा पहिले गुरुङहरुको शासनको सवाल छ गुरुङहरुको वाहुल्यता भएको यस क्षेत्रमा उनीहरुको आफ्नै किसिम र स्वभावको थपौली अर्थात मुख्यौली शासन रहेको हुनु पर्दछ । तर गुरुङ्गहरुको शाह वंशीय शासन जस्तो स्पष्ट रुपमा शासन ब्यवस्थाको रुपरेखा (Picture) आउन सकेको छैन । प्राचीनकालमा कर्णली नदी पूर्व त्रिशुली गण्डकी पश्चिमको क्षेत्र ६ गुरुङ र ८ मगर सामन्त प्रमुखहरुको अधिनमा रहेको अर्थात तिनीहरुको आफ्नो अधिनमा लिएको उल्लेख पाईन्छ । गुरुङहरुले प्राचिनकालमा गण्डकी प्रदेशको विभिन्न ठाउँहरुमा आफ्ना प्रिन्सिप्यालीटिजहरु स्थापना गरेका उल्लेख रामनिवास पाण्डे लेख्दछन । यसै सर्न्दर्भमा इमानिसिं चेमजुङ लेख्दछन् कि “कास्कीका Overlord नुचनी रङको नेतृत्वमा रहेको यो एउटा जनजातिय Statehood थियो । तर यी सामन्ती प्रदेशहरु (Feudatories) लिच्छवि साम्राज्य अर्न्तर्गत नै रहेका थिए ।”

यथार्थतामा माथिनै उल्लेख गरिए जस्तै यस प्रदेशका सामन्ती राज्यहरु केन्द्रकै अधिनमा रही इलाकीय अर्थात् थपौलि राज्यका रुपमा रहेका देखिन्छन् । विचित्रखान देखि सिद्घनरायण शाहसम्म कास्कीमा ठकुरी शाहवंशको शासन चल्यो । शाह वंशकै अधिनमा चौविसे राज्य अर्न्तर्गत पर्ने यो राज्य शाहवंशीय राजा श्री ५ पृथ्वीनारायण शाहद्घारा थालिएको एकीकरण अभियानकै क्रममा वि.सं. १८४२ मा राजेन्द्र लक्ष्मीको नायवीकालमा विशाल नेपालमा विलय भयो । यसपछि चौविसे राज्य मध्येको एक स्वतन्त्र राज्यको हैसियत गुमाई विशाल नेपालको एक हिस्सा (One of the Part) बन्यो । नेपालको तिहासमा खासगरी पृथ्वीनारायण शाहको निधन पश्चात् नावालक राजाहरु तथा वालिगहरुको पनि कमजोर स्वभावको कारण सृजना भएको दरबारी षडयन्त्रले राजनैतिक अस्थिरतालाई निम्त्यायो जसको फलस्वरुप अन्ततः सन् १८४६ मा कोतको हत्याकाण्ड घट्यो । उक्त हत्या काण्डले अन्ततः जङ्गबहादुर राणालाई पारिवारिक शासन शुरुवात गर्ने सुवर्ण दिलायो । जङ्गबहादुर राणा सन् १८५७ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।

यसरी कास्की अब राज्यभित्रको राज्य (State within the state) बन्न पुग्यो । सम्पुर्ण मुलुकका वास्तविक राजा श्री ५ भएपनि कास्की तथा लमजुङ राणा प्रधानमन्त्रीहरुको विशेष अधिकार भित्र परे । यो अवस्था राणा शासनको अन्त्य वि.सं. २००७ साल (सन् १९५१) सम्म रह्यो । मुलुकमा २००७ सालमा प्रजानत्त्र आएपछि कास्कीले राणा प्रधानमन्त्रीकै विशेष अधिकारबाट मुक्ति पायो ।

नामाकरण
कास्कीको नामाकरणको सर्न्दर्भमा ऐक्य मत हुन सकेको छैन । अर्थात् यस सर्न्दर्भमा विविध मतहरु अघि सारिएको पाईन्छ । यसै सर्न्दर्भमा कास्यप ऋषिले कास्कीकोटमा बसी काश्यप संहिता नामक अमूल्य आयर्र्वेदिक ग्रन्थ रचना गरेका र उनैको नाम अन्ततः अपभ्रंश भई कास्यपबाट कास्की नाम रहन गएको पहेंलो कपडा लगाउने सन्यासीहरुको बसोबास क्षेत्र हुनाले काषायकी भनिने, प्राकृतिक खनिज स्रोत पुर्ण हुनाले कोषकाष भनिने, काँसैकाँसको टार र पाटन हुनाले “काँइकी” काँझो-तामा-धातु मिसाएर एउटा छुट्टै धातु तयार गर्दा “कासकुट” धातु बन्ने ठाउँ हुनाले, कास्कीमा प्रसस्त पाषाणभेद भन्ने जडिबुटी पाउने हुनाले “कास” भन्दा भन्दै कास्की नामाकरण भएका जस्ता आधारहरु मान्न सकिन्न भन्ने तर्क राजाराम सुवेदीको रहेको छ । कास्कीकै नामाकरणकै सर्न्दर्भमा तमु भाषामा “कास” भन्नाले “कछाड” “खिब” भन्नाले “लगाउने” अर्थात “कास खिब” (कछाड लगाउनेहरु बस्ने ठाउँ) शब्दबाट कास्की नामाकरण हुन गएको कुरा तमु बुद्घिजिवीहरु बताउँछन् भन्ने कुरा पनि उल्लेख पाईन्छ । माथि उल्लेखित तर्कहरुका पछाडि खासै आधारभूत आधारहरु पाईदैन अर्थात जच्दैनन् ।

तर्कका लागि प्रस्तुत गरिएका तर्ककै आधारमा मात्र यसै भन्न अप्ठ्यारो हुन्छ । कछाड लगाउनेहरुको बसोबास स्थलको कुरा गर्दा कास्कीको उच्च पहाडी तथा डाँडा पर्वतहरुमा कछाड लगाउने जातिको बसोबास अवस्यनै थियो । तमू भाषालाई आधार मान्ने हो भने “कासखिब” शब्दलाई अन्ततः कास्की हुन गएको मान्नु पर्ने हुन्छ । तर ठोस आधार विना यसै भन्न गाह्रो छ ।

श्रोतः ऐतिहासिक पक्ष डा. दिलबहादुर क्षेत्रीद्घारा लिखित सिद्घ शक्तिपीठ श्री विन्ध्यवासिनी तथा पोखराका केही मठमन्दिरहरु संक्षित्त परिचय ।

 


Skip to toolbar